बालबालिकामा हुने क्यान्सरको औषधी नि:शुल्क बनाउन सम्झौता-Sutra News

बालबालिकामा हुने क्यान्सरको औषधी नि:शुल्क बनाउन सम्झौता

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं । बालबालिकामा हुने क्यान्सरविरुद्धको औषधीको पहुँचका लागि सम्झौता गरिएको छ ।



स्वास्थ्य मन्त्रालयमा मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा सेण्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको हो ।

सम्झौता पत्रमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल र डब्लुएचओ नेपालका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवले हस्ताक्षर गरेका थिए । यस अवसरमा स्वास्थ्य सचिव पोखरेलले नेपालमा क्यान्सरबाट पीडित बालबालिकाको उपचारमा सुधार ल्याउन समझदारीले ठूलो मद्दत गर्ने बताए ।

उनले बालबालिकामा हुने क्यान्सरविरुद्धको औषधी चार वटा सरकारी अस्पतालमा उपलब्ध गराइने र अन्य अस्पतालमा पनि विस्तार गरिने जानकारी दिए । सम्झौताअनुसार नेपालले बालबालिकामा हुने क्यान्सरका ३५ प्रकारका औषधी निःशुल्क प्राप्त गर्ने छ ।

समझदारीअनुसार नेपालले आगामी चार वर्षसम्म क्यान्सरको निःशुल्क औषधी पाउने मन्त्रालयले जनाएको छ । हाल भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला क्यान्सर अस्पताल भरतपुर, कान्ति बाल अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने बालबालिकाले निःशुल्क क्यान्सरको औषधी प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट