गर्मीमा गल्तिले पनि नखानुहोस् यी चिज-Sutra News

गर्मीमा गल्तिले पनि नखानुहोस् यी चिज

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

गर्मीमा धेरै कुराहरु हुन्छन्, जसले स्वास्थ्य बिग्रने सम्भावना हुन्छ । त्यसैले स्वास्थ्यमा समस्या ल्याउने त्यस्ता चिजको सेवनबाट बच्नुकाे विकल्प छैन ।



गर्मीमा चिसो पेय पदार्थको अत्यधिक सेवनले धेरै रोग निम्त्याउँछ। यसबाहेक गर्मीमा तातो मसलाको सेवन गर्नु पनि हानीकारक हुन्छ । यसले ग्यास, एसिडिटी र कब्जियत जस्ता समस्या निम्त्याउँछ।

आज हामी यो रिपोर्टमार्फत तपाईलाई गर्मीमा कस्ता चिजहरू खानु हुँदैन भन्ने जानकारी दिँदैछौँ। हाम्रो स्वास्थ्यको ख्याल राख्नको लागि हामीले खाना खानुअघि सोच्नुपर्ने धेरै कुराहरू छन्।

गर्मीमा सेवन गर्न नहुने केही यस्ता चिज छन्, जसलाइ सेवन नगरेकाे खण्डमा शरीरमा समस्या आउँदैनन् । जानीराखौं गर्मीमा भुलेर पनि खान नहुने चिजहरु के-के हुन् ?

गर्मी सुरु हुनासाथ मानिसहरु चिसो पेय पदार्थको सेवन गर्न थाल्छन् । यस्तो अवस्थामा चिसो पेय पदार्थ पिउनु मानिसको बानी बन्छ ।

कसै-कसैलाई दिनभर चिया पिउने बानी हुन्छ तर, गर्मीमा चिया वा कफीको सेवन कम गर्नुपर्छ।

यति मात्र होइन, गर्मीमा ननभेज धेरै खाँदा स्वास्थ्यमा खतरनाक असर पर्न सक्छ।

यस बाहेक गर्मीमा मानिसहरु आइसक्रिम खान रुचाउँछन् तर, आइसक्रिमको अत्याधिक सेवनले शरीरलाई लाभ हाेइन हानि पुर्‍याउँछ ।

गर्मीमा तैलीय खानेकुराले पनि रोग निम्त्याउन सक्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट