नाउपाको निर्णयसँगै लुम्बिनी र सुदूरपश्चिमका कांग्रेस सरकार पूर्ण अल्पमतमा-Sutra News

नाउपाको निर्णयसँगै लुम्बिनी र सुदूरपश्चिमका कांग्रेस सरकार पूर्ण अल्पमतमा

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं । अन्ततः नागरिक उन्मुक्ति पार्टीले औपचारिकरुपमा एमाले–माओवादी गठबन्धनको पक्षमा उभिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेको संस्थापक केन्द्रीय समिति सदस्य र सांसदहरुको बैठकले यस्तो निर्णय गरेको हो । मत बाँडिएपछि बैठकले बहुमतका आधारमा एमाले–माओवादी गठबन्धनको पक्षमा उभिने निर्णय गरेको हो ।



नाउपाका संस्थापक केन्द्रीय सदस्य रामलाल डंगौराका अनुसार यो निर्णयसँगै नाउपाले सत्ता गठबन्धनलाई सघाउने गरी कदम चाल्नेछ । तत्कालको लागि सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै मन्त्रीहरु फिर्ता बोलाउने उनले बताए ।

संघमा सामान्य मत भएको भएपनि नाउपाको सुदूरपश्चिम र लुम्बिनीमा निर्णायक मत छ । नाउपाको पछिल्लो निर्णयसँगै नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम र लुम्बिनी सरकार पूर्ण अल्पमतमा परेका छन् ।

सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । नाउपा एमाले–माओवादी गठबन्धनको पक्षमा उभिँदा गठबन्धनको पक्षमा सहज बहुमत पुग्छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । जहाँ माओवादी केन्द्रसँग ११, एमालेसँग १० र एकीकृत समाजवादीसँग ४ सिट छ । यस्तोमा नाउपा एमाले–माओवादी गठबन्धनको पक्षमा उभिँदा ३२ मत पुग्छ । जुन बहुमत बढी हो ।

यता, ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । जहाँ एमालेसँग २९, माओवादी केन्द्रसँग ११, जसपासँग ३, एकीकृत समाजवादीसँग एक सिट गरी ४४ सिट छ । जहाँ नाउपा थपिँदा सहज बहुमत ४८ सिट पुग्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट