‘रामायण’का लागि धनुर्विद्या सिक्दै रणवीर, दशरथको भुमिकामा अमिताभ बच्‍चन-Sutra News

‘रामायण’का लागि धनुर्विद्या सिक्दै रणवीर, दशरथको भुमिकामा अमिताभ बच्‍चन

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ गत वर्ष ब्लकबस्टर भएको थियो । अहिले उनै अभिनेताले आफ्नो अर्को फिल्म ‘रामायण’को बारेमा धेरै चर्चा बटुलिरहेका छन् ।



नितेश तिवारीको निर्देशनमा बन्न लागेको यस फिल्मको बारेमा अहिलेसम्म केही घोषणा नभए पनि रणवीरले ‘रामायण’मा भगवान रामको भूमिका निर्वाह गर्ने लगभग पक्का देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जसका कारण उनले यो क्यारेक्टरमा आफूलाई ढाल्नका लागि कडा तालिम पनि लिइरहेका छन् ।

सोही क्रममा सामाजिक सञ्जालमा केही तस्बिर भाइरल भइरहेका छन्, जसमा रणवीर कपुरले आफ्नो आगामी फिल्मका लागि धनुर्विद्याको तालिम लिन थालेको देखिन्छ । एक्स ह्यान्डलमा रहेको एक फ्यान पेज खुशाली आरकेले एक तस्बिर सेयर गरेका छन्, जहाँ रणवीर कपूर आर्चरी कोचसँग पोज दिइरहेका छन् । यी तस्बिरहरू हेरेपछि अभिनेताको फिल्मलाई लिएर फ्यानमा उत्साह थपिएको छ ।

शनिवार रणवीर कपुरका फिटनेस कोचले पनि इन्स्टाग्राममा एउटा तस्बिर पोस्ट गरेका थिए, जसमा अभिनेता जिममा कडा मेहनत गरिरहेको देखिएका थिए । तस्बिरमा रणवीरले वर्कआउट गियर लगाएका थिए र शिर्षासन गरिरहेको देखिन्छ। यो कसरत रणवीरको आगामी फिल्म ‘रामायण’ को तयारीको एक हिस्सा हो भनेर सङ्केत दिइरहेका छन्।

दशरथको भूमिकामा अमिताभ बच्‍चन

यता, फिल्म ‘रामायण’ मा दशरथको भूमिकामा अमिताभ बच्चन देखिने सङ्केत देखिएको छ । बिग बिलाइ दशरथको भूमिका निभाउनका लागि अफर गरिएको छ, तर बच्चनले अहिले नै टुङ्गो भने दिइसकेका छैनन् । उनी यसका बारेमा इच्छुक भए पनि निर्णय भने लिई सकेका छैनन्, यद्यपि कुराकानी चलिरहेको छ ।

सो फिल्मको रामको भूमिकामा रणवीर कपुर तथा सीताको भूमिकाका लागि साई पल्लवीलाई यसअघि नै छनोट गरी सकिएको छ । फिल्ममा केजीएफ स्टार यशले रावणको भूमिका निभाउने सम्भावना रहेको छ भने, सनी देओललाई हनुमानको भूमिकामा राखिएको बताइएको छ । भाइ कुम्भकर्ण र विभिषणको भूमिकाका लागि बबी देओल र विजय सेतुपतिसँग कुराकानी भइरहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

तर, यसै वर्षको सुरुमा सुटिङ गर्ने भने पनि सुटिङ समय अन्यौल भइरहेको छ । कलाकारहरू चयन भइ नसकेकाले सुटिङमा जानका लागि अझै समय लाग्ने जनाइएको छ । पहिले आन्तरिक समस्या समाधान पछि बल्ल सुटिङमा जाने नितेश तिवारीले जनाएका छन् ।

‘प्रोजेक्ट चलिरहेको छ तर, यो वर्षमा गर्ने प्रयास हो तर अझै यहाँ धेरै आन्तरिक कामहरू मिलाउन बाँकी रहेका छन्,’ बलिउड हंगामाले उल्लेख गरेको छ । समाचारमा यो पनि भनिएको छ कि कलाकारहरूको पोशाक डिजाइन बनाउन ढिलाइ भएको छ किनभने पोशाकहरूले पौराणिक कालिन झल्को दिनु पर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट