सिटिजन लाइफको ‘लेभल अप बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न-Sutra News

सिटिजन लाइफको ‘लेभल अप बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न

बुधबार, १४ चैत्र २०८०

बुधबार, १४ चैत्र २०८०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘लेभल अप बिजनेस स्ट्राटिजी कन्फेरेन्स २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । पोखरास्थित रुपाकोट रिसोर्टमा कार्यक्रम गरेको हो ।



लेभल अप कार्यक्रमको मुख्य उद्देश्य कम्पनीमा आवद्ध रही कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखहरुलाई सम्मान गर्नुका साथै, आउँदो समयका लागि आवश्यक व्यापार रणनीतिहरुबारे केन्द्रीत थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालसाथै कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम र शाखा प्रमुखहरु गरी ६० जनाको सहभागिता रहेको थियो । कम्पनीको सम्पूर्ण व्यवस्थापन टिमले अझै मिहेनत र लगनका साथ काम गर्न उपस्थित सम्पूर्ण शाखा प्रमुखहरुलाइ प्रेरित गरे ।

यस्तो किसिमको कार्यक्रमले कर्मचारीहरुलाई उत्प्रेरणा मिल्नुका साथै काम गर्ने विषयमा नयाँ ढङ्गले सोच्ने र नयाँ तरिका अप्नाएर आफ्नो टिमलाई अझै सबल र प्रतिस्पर्धी बनाउन मद्दत मिल्ने गरेको कम्पनीको भनाई छ । कर्मचारीहरुलाई नियमित दिनचर्या भन्दा नयाँ र फरक तरिकाले व्यवसाय गर्दा उपलब्धी राम्रो हुने र व्यवसायिक सफलता हासिल गर्न सजिलो हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट