मेयर हमालकी छोरी भारतमा बेपत्ता-Sutra News

मेयर हमालकी छोरी भारतमा बेपत्ता

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । धनगढी उपमहानगरका मेयर गोपाल हमालकी छोरी भारतको गोवाबाट बेपत्ता भएकी छन् । उनले छोरीको खोजी गर्न सहयोग गरिदिन आग्रह गरेका छन् ।



केही महिनादेखि भारतको पर्यटकीय स्थलसमेत रहेको गोवामा ओशो साधना गर्दै आएकी उनी सोमबारदेखि बेपत्ता भएको मेयर हमालले जनाकारी दिएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सार्वजनिक गरेको विवरणअनुसार सोमबारदेखि जोरबा वाइब आस्बिन पुलबाट उनकी छोरी आरती बेपत्ता भएकी हुन् ।

छोरीकै साथीबाट उनी हराएको खबर आएकाले गोवामा हुनेहरूलाई खोजीका लागि हमाले अपील गरेका हुन् । हमालले जेठी छोरीको खोजीका लागि कान्छी छोरी आरजु र ज्वाइँलाई मंगलबार नै राति गोवा पठाउन लागेको जानकारी दिए ।

विं.सं. २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर विजयी बनेका हमाल नेपालकै लोकप्रिय मध्येका एक मेयर हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट