प्रदिप पौडेल भन्छन् – कांग्रेस छिट्टै सरकारमा फर्किन्छ-Sutra News

प्रदिप पौडेल भन्छन् – कांग्रेस छिट्टै सरकारमा फर्किन्छ

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आन्तरिक विवादले आफैं भत्किने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।



एमाले–माओवादी छिट्टै भत्किने र कांग्रेस छिट्टै सरकारमा फर्किने उनको दाबी छ । सरकारमा जान कांग्रेस हतार गर्न आवश्यक नरहेको पौडेलको भनाई छ ।

“कांग्रेसका लागि सत्ता ठूलो होइन, पर्खेर बसौँ-कांग्रेसलाई देशले फेरि सत्तामा पुर्‍याउँछ, त्यसका लागि हतार नगरौँ, अहिलेको गठबन्धन चीरस्थायी हुँदैन, चिरञ्जीवी हुँदैन”, उनले भनेका छन्, “उहाँहरू आफैंमा झगडा गरेर यो गठबन्धन सकिनेछ।”

अहिलेको बेथितिको अन्त्यका लागि पनि वर्तमान गठबन्धन भत्किनुपर्ने पौडेलको भनाई छ । कांग्रेसले मात्रै अहिलेको सकसको अन्त्य गर्न सक्ने पौडेलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट