दर्शकले उक्साएपछि कर्णालीमा हेलिएर बेपत्ता भएका युवाको खोजी हुँदै-Sutra News

दर्शकले उक्साएपछि कर्णालीमा हेलिएर बेपत्ता भएका युवाको खोजी हुँदै

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । कर्णाली पुलबाट हामफाल्दा बेपत्ता भएका युवकको खोजी सुरु भएको छ । उनको खोजीमा सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको हो ।



सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैध्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा गोताखोर परिचालन गरिएको हो ।

सोमबार दिउँसो होली खेलेर रमाएका १७ जना युवाहरू कर्णाली पुलबाट नदीमा हाम फालेका थिए । सोही क्रममा कैलालीको लम्कीचुहा नगरपालिका ३ का ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए ।

नदी किनारामा बसेकाहरू दर्शकले उक्साएपछि युवाहरू कर्णालीमा हेलिएका थिए । यसै क्रममा शाही पनि नदीमा हामफालेका थिए ।

हामफाल्नासाथ उनी डुब्न थालेपछि नदी किनारमा रहेका दुई वटा डुंगाले खोजी सुरु गरेको थियो । उनलाई भेट्टाउन नसकेपछि सुरक्षाकर्मी र स्थानीयले खोजी सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट