‘बडे मियाँ छोटे मियाँ’को धमाकेदार ट्रेलर रिलिज, अक्षय-टाइगरको एक्सनले मच्चायो हलचल-Sutra News

‘बडे मियाँ छोटे मियाँ’को धमाकेदार ट्रेलर रिलिज, अक्षय-टाइगरको एक्सनले मच्चायो हलचल

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

बलिउड खेलाडी अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को ट्रेलर सार्वजनिक गरिएको छ ।



यस अघि फिल्मको टिजर र गीत सार्वजनिक भएसँगै ‘बडे मिया छोटे मिया’लाई लिएर दर्शकमा निकै उत्साह छ । दर्शकको उत्साहलाई ध्यानमा राख्दै निर्माण पक्षले आज ‘बडे मियाँ छोटे मियाँ’को धमाकेदार ट्रेलर सार्वजनिक गरेको छ । फिल्मको ट्रेलर निकै रोचक छ । यसमा अक्षय-टाइगरले उत्कृष्ट एक्सन गरेका छन् ।

‘बडे मियाँ छोटे मियाँ’ निर्माण पक्षले मंगलबार सार्वजनिक गरेको ट्रेलरमा बन्दुक फायर र बम विष्फोटको साथ शक्तिशाली एक्सनले भरिएको छ। अक्षय कुमार र टाइगर श्राफ फरक स्तरको स्टन्ट गर्दै देखिएका छन्। यसमा दुवै स्टार देशका एक शत्रुलाई मेटाउन निस्किएका छन्, जसको बारेमा कसैलाई केही थाहा छैन । यो शत्रु भारत विनाशको सपना देखिरहेको छ । ट्रेलर हेर्दा अक्षय-टाइगरको दुश्मनसँगको लडाई देख्न सकिनेछ ।

ट्रेलरमा टाइगर र अक्षय भन्छन्, ‘नजर आ रहे हैं, दिल से सोलजर दिमाग से शैतान हैं हम..बच के रहना हमसे हिंदुस्तान हैं हम ।’ अक्षय-टाइगरको जोडी आफ्नै शैलीमा दुश्मनलाई हराउन थाल्छन्। तर, ट्रेलरको अन्त्यमा यो जोडी एकअर्काको शत्रु बनेको देख्न सकिन्छ । अक्षय कुमार र टाइगर श्राफसँगै मानुषी छिल्लर र सोनाक्षी सिन्हा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

फिल्ममा अक्षय र टाइगरका अलावा आलिया एफ र मानुषी छिल्लर, पृथ्वीराज सुकुमारन, सोनाक्षी सिन्हा पनि महत्वपूर्ण भूमिका छन् । फिल्मलाई अली अब्बास जफरले लेखन तथा निर्देशन गरेका हुन् । यसका निर्माता वासु भगनानी, दीपशिखा देशमुख, ज्याकी भगनानी, हिमांशु किशन मेहरा र अली अब्बास जफर हुन्।

फिल्म ईदको अवसरमा अप्रिल १० मा बाट रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट