आईपीएलमा आज- चेन्नईविरुद्ध चेन्नई सुपर किंग्स-Sutra News

आईपीएलमा आज- चेन्नईविरुद्ध चेन्नई सुपर किंग्स

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं । गत वर्ष आईपीएलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्ससँग तीन दिनको वर्षाले प्रभावित फाइनलमा खेल्दा क्रमशः एमएस धोनी र हार्दिक पाण्ड्या टोलीको जिम्मेवारीमा थिए ।



हार्दिक मुम्बई इण्डियन्समा फर्किएपछि अहिले शुभमन गिलले टाइटन्सको कप्तानी सम्हालेका छन् । जुन आइपीएलको इतिहासमा सबैभन्दा ठूलो खेलाडी व्यापार हो ।

योसँगै जारी आईपीएल सिजन-ओपनरको पूर्वसन्ध्यामा रुतुराज गायकवाडलाई चेन्नईको नयाँ कप्तानको रूपमा घोषणा गरियो । कप्तान सम्मेलनमा महेन्द्र सिंह धोनीले गायकवाडलाई कप्तानी सुम्पेका हुन् । यी दुई नयाँ कप्तान मंगलबार आमनेसामने हुँदै छन् ।

गिल र गायकवाड यसअघि नै कप्तान भएसँगै चर्चामा आएका थिए । टाइटन्सले आइतबार अहमदाबादमा मुम्बई इण्डियन्समाथि विजय भएपछि गिललाई थप आत्मविश्वास बढेको छ ।

यता गायकवाडले पनि आफ्नो कप्तानीको पहिलो खेलेमा विजयी हात पारे । उनको साथमा रहेका धोनीले थप हौसला पाएका छन् ।

यस खेलको अर्को रोचक कुरा भनेको चेन्नई केटाहरूविरुद्ध चेन्नई सुपर किंग्स हो । टाइटन्सको टोलीमा तमिलनाडुका पाँच जना खेलाडी छन् । जसमा साई सुदर्शन, साई किशोर, विजय शंकर, शाहरुख खान र सन्दीप वारियर छन् ।

चेन्नईका ११ खेलाडी

सम्भावित ब्याटिङ पहिलो ११ – रुतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, अजिंक्य रहाणे, डेरिल मिचेल, शिवम दुबे, रविन्द्र जडेजा, समीर रिजभी, एमएस धोनी (विकेट किपर), दीपक चहर, महेश थेक्षाना, तुषार देशपाण्डे

गुजरातका ११ खेलाडी

सम्भावित ब्याटिङ पहिलो ११ – शुभमन गिल (कप्तान), ऋद्धिमान साहा (विकेट किपर), साई सुदर्शन, अजमातुल्लाह ओमरजाई, विजय शंकर, डेभिड मिलर, राहुल तेवाटिया, रशिद खान, उमेश यादव, आर साई किशोर, स्पेन्सर जोनसन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट