अभिनेत्री तापसी पन्नुले गरिन सुटुक्क विवाह-Sutra News

अभिनेत्री तापसी पन्नुले गरिन सुटुक्क विवाह

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडौं ।  बलिउड अभिनेत्री तापसी पन्नुले विवाह गरेकी छिन् ।



एनडिटिभीमा प्रकाशित समाचार अनुसार उनले गत मार्च २३ मा आफ्ना प्रेमी र ब्याडमिन्टन खेलाडी मथियास बोसँग विवाह गरेकी हुन् ।

तापसी पन्नु र मथियास विगत १० वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए। तर, यो जोडीले लाइमलाइटबाट टाढै रहेर आफ्नो सम्बन्धलाई सधैं गोप्य राख्न सफल भए। अब, यो जोडी बैबाहिक जीवनमा बाँधिएको हो । सो विवाह उत्सव उदयपुरमा भएको थियो।

बैवाहिक समारोहमा तापसी र माथियासका परिवार मात्रै सहभागी रहेको थिए। उनीहरुले शिख र क्रिश्चियन परम्पराअनुसार बिहे गरेको बताइएको छ।

विवाहको खबरकाबीच तापसी र मथियासको विवाह स्थलमा निर्माता-लेखिका कनिका ढिल्लन र अभिनेत्री पावेल गुलाटीको तस्बिर सार्वजनिक भएको छ ।

रेडिटमा केही व्यक्तिहरूले तापसीकी बहिनी शगुन पन्नुको उदयपुरमा भएको विवाहको तस्बिर पनि सेयर गरेका छन्। तस्बिरमा तापसीसँग उन कोस्टार पावेल पनि थिए।

समाचार अनुसार धेरै बलिउड सेलिब्रेटीहरू तापसीको विशेष दिनको हिस्सा थिएनन्। एक स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘तापसीको ‘दोबारा थप्पड’ का सह–कलाकारहरू पावेल गुलाटी उनको र मथियासको विवाहमा पाहुनाहरूसँग सामेल भए।

तापसीले एक अन्तर्वार्तामा मथियाससँगै आफ्नो पहिलो भेटे बलिउड फिल्म ‘चश्मे बद्दूर’को सुटिङको क्रममा भएको खुलाएकी थिइन्। माथियास बो डेनमार्कका ब्याडमिन्टन खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट