‘रुखान’मा जोडिए आर्यन, नीतिसँग जोडी पक्का-Sutra News

‘रुखान’मा जोडिए आर्यन, नीतिसँग जोडी पक्का

मंगलबार, १३ चैत्र २०८०

मंगलबार, १३ चैत्र २०८०

काठमाडाैं । सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’मा नायक आर्यन अधिकारी अनुबन्धित भएका छन् ।



यस अघि मुख्य नायिकामा मोडल नीति शाह अनुबन्धित गराएको निर्माणपक्षले प्रमुख भूमिकामा आर्यनलाई भित्राएको हो ।

महिलाले गर्ने संघर्षको कथामा बन्ने ‘रुखान’मा आर्यन र नीतिको जोडी बाध्ने पक्का भएको छ । उनीहरुले यो पहिलो पटक पर्दामा सहकार्य गर्ने भएका छन् । फिल्ममा नीति विद्रोही महिलाको भूमिकामा देखिने जनाइएको छ ।

फिल्मका निर्देशक सविरले कथामा सुहाउने भएपछि आर्यनलाई भित्राइएको जानकारी दिएका छन्। केही बर्षदेखि फिल्ममा नदेखिएका आर्यनकालागि यो फिल्म विशेष हुने बुझिएको छ ।

यो फिल्मलाई चार वटा भाषामा निर्माण गर्ने तयारीमा निर्माणपक्ष छ । फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी, भोजपुरी भाषामा निर्माण गरिने निर्माणपक्षको भनाई छ ।

सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस र काइट्स इन्टरटेन्मेन्टको निर्माण रहने फिल्ममा देशका आम नागरिकले समस्यासँग जुध्दै गर्ने संघर्षलाई देखाइने बताएको छ ।

फिल्ममा कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहनेछ । डाक्टर रुपक घिमिरेको कथा रहेको फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् ।

फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट