राज्यमन्त्री कार्कीको कार्यभार तोकियो-Sutra News

राज्यमन्त्री कार्कीको कार्यभार तोकियो

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेका छन् ।



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफासिरमा २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा कार्कीलाई नेपालको संविधानको धारा ७६ (९) बमोजिम आज उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राज्यमन्त्री कार्की जनता समाजवादी पार्टीका सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट