मैत्रीपूर्ण टी २०- नेपाल आयरल्याण्ड ‘ए’माथि ६ विकेटले विजयी-Sutra News

मैत्रीपूर्ण टी २०- नेपाल आयरल्याण्ड ‘ए’माथि ६ विकेटले विजयी

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’ मैत्रीपूर्ण पहिलो खेलमा ६ विकेटले पराजित भएको छ । आयरल्याण्ड ‘ए’ले दिएको १२२ रन नेपाल चार विकेटको क्षतिमा १६.१ ओभरमा भेट्टाएको हो ।



त्रिवि क्रिकेट मैदानमा जारी पहिलो मैत्रीपूर्ण खेलमा आयरल्याण्ड ‘ए’ले २० ओभर खेल्दै १० विकेट गुमाएर १२१ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले दुई–दुई विकेट लिए । करण केसी र कुशल मल्लले एक–एक विकेट लिए ।

आयरल्याण्ड एका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ब्याटिङतर्फ नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३७ रन बनाए । उनले ३२ बल खेल्दै चार चौका प्रहार गरे । यस्तै, सन्दीप जोराले ३५ बलमा ३६ रन बनाए । यस क्रममा उनले तीन चौका र दुई छक्का हाने ।

दीपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाउँदा ओपनर आशिफ शेखले १६ रन बनाए अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ आयरल्याण्डका लागि गारेथ डेलानीले दुई विकेट लिँदा बेन ह्वाइट र थोमस मासेयले एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट