नेपाल आयरल्यान्ड ‘ए’विरुद्ध पहिला फिल्डिङ गर्दै-Sutra News

नेपाल आयरल्यान्ड ‘ए’विरुद्ध पहिला फिल्डिङ गर्दै

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ टीमसँगको पहिलो अभ्यास खेलमा नेपालले फिल्डिङ गरेको छ ।



त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध आयरल्यान्ड ‘ए’ टीमले टस जितेर पहिला ब्याटिङ गरेको हो ।

टी-२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले आयरल्यान्ड ‘ए’ टीमसँग मंगलबार दोस्रो खेल खेल्ने छ ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट