कानुनमन्त्री गिरी भन्छन्– अब गाउँ-गाउँमा कानुनी साक्षरता कार्यक्रम चलाउनुपर्छ-Sutra News

कानुनमन्त्री गिरी भन्छन्– अब गाउँ-गाउँमा कानुनी साक्षरता कार्यक्रम चलाउनुपर्छ

सोमबार, १२ चैत्र २०८०

सोमबार, १२ चैत्र २०८०

काठमाडाैं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी पर्वतको दक्षिणी क्षेत्रका गाउँहरुमा स्थानीयसँग भेटघाटमा व्यस्त छन् । आइतबार मन्त्री गिरीले पैयू गाउँपालिका स्थानीयसँग भेट गरेका हुन् ।



आफ्नो निर्वाचन क्षेत्र रहेको पर्वतको पैयू गाउँपालिकाका विभिन्न वडाहरुमा स्थानीयसँग भेटघाट गरेका गिरीले हुवास बजारमा आयोजित भेटघाट कार्यक्रममा कानुनी साक्षरता गाउँ-गाउँमा लैजानुपर्ने धारणा राखे । उनले कानुन अज्ञानता क्षम्य नहुने भन्दै कानुनी अज्ञानताका कारण धेरैले दुःख पाएको समेत गिरीले बताए ।

कतिपय कानुन संशाेधन गर्न समेत जरुरी रहेको उल्लेख गर्दै गिरीले देश संघीयतामा गए पनि अझै नयाँ कानुनहरु बन्न नसक्दा देश विकासको गति नै रोकिएको उल्लेख गरे । उनले बदलिँदो परिवेशअनुसार कानुनहरु अझै बन्न नसक्दा राज्य सञ्चालनमा समस्या परीरहेको समेत उल्लेख गरे ।

सदनमा पेश भएका कतिपय विधेयकहरु राजनैतिक अस्थिरताका कारण सदनबाट पास हुन नसकिरहेको भन्दै गिरीले देशमा स्थिर सरकारको आवश्यकता रहेको कार्यक्रममा बताए । पैयू र विहादी गाउँपालिकाका विभिन्न ठाउँमा भएका भेटघाटहरुमा मन्त्री गिरीले संघीय निजामति ऐन र शिक्षा ऐन छलफलको चरणमा रहेको भन्दै ऐनहरु छिट्टै जारी हुने विश्वास दिलाए ।

उनले प्रतिपक्षले कानुन निर्माणमा सरकारलाई असहयोग गर्न नहुने उल्लेख गर्दै कानुन निर्माणमा सवै पक्षको सहयोग हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट