दर्शक नदेखेपछि स्टेज नै नचढी फर्किइन् समीक्षा-Sutra News

दर्शक नदेखेपछि स्टेज नै नचढी फर्किइन् समीक्षा

आइतबार, ११ चैत्र २०८०

आइतबार, ११ चैत्र २०८०

काठमाडाैं । गायिका समीक्षा अधिकारी हालै आयोजित एक कार्यक्रममा प्रस्तुति दिन दाङ पुगेकी थिइन् । होलीको कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन दाङ पुगेकी समीक्षाले साङ्गीतिक प्रस्तुति त परै जाओस् स्टेज पनि नचढी फर्किएकी छिन् ।



अव तपाई अचम्म पर्नु भयो होला कि आखिर किन समीक्षाले त्यसो गरिन् भनेर, वास्तवमा दाङ पल शाहको गृह जिल्ला हो । पल शाह र समीक्षा अधिकारीको बिचमा विगतका वर्षहरूमा के के भए त्यसको बारेमा त जग नै जाहेर छ । हामीले केही भन्नै पर्दैन ।

उनीहरूको सबन्ध र सम्बन्धका कारण बिचमा भएका विभिन्न घटनाकै कारण समीक्षालाई धेरैले नानाथरि भने पनि अझ केही समय अगाडि गायिका समीक्षा अधिकारी र नायक पहल शाहको विषयलाई लिएर दाङ जिल्लामा गायिका अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । तर, यस बिचमा पनि उनी होलीको कार्यक्रमको लागि दाङ पुगेकी थिइन् तर, उनलाई हेर्न कुनै पनि दर्शक कार्यक्रममा सहभागी भएनन् ।

यसरी कुनै पनि दर्शक नपुगेकै कारण उनीलाई साँच्चिकै दाङका दर्शकले बहिष्कार गरेको बुझ्न सकिन्छ । हजुर समीक्षालाई हेर्न पलको गृह जिल्लामा कोही पनि उपस्थित भएनन् । यसरी गायिका समीक्षा अधिकारी दाङको तुलसीपुरमा पुग्दा कार्यक्रम हेर्न दर्शकहरू नआए पछि उनी स्टेज नै नचढी फर्किएकी हुन् ।

प्राकृतिक कला केन्द्र तुलसीपुरले चैत ९ गतेदेखि १२ गतेसम्म तुलसीपुर स्थित अरनिको मैदानले सञ्चालन गरेको तुलसीपुर होली फेस्टिभल २०८० को कार्यक्रममा गायिका समीक्षा अधिकारी शनिबार दाङ पुगेकी थिइन् । उनी त्यहाँ पुगेको खबर पाएपछि त्यहाँका दर्शकले उनलाई सिधै बहिष्कार गरेको देखिन्छ । उनी उक्त कार्यक्रममा पुगेको खबरले जम्मा २३ जना दर्शकले मात्र टिकट काटेका थिए ।

आज उक्त कार्यक्रम हेर्न दर्शक नै नआएपछि उनी स्टेज नै नचढी काठमाडाैं  फर्किएकी हुन् । यसरी कार्यक्रममा कुनै दर्शक सहभागी नभएपछि गायिका स्टेजमा गइनन् तर आफूहरूले पारिश्रमिक भने दिएर काठमाडौँ फर्काएको आयोजकले जानकारी दिएको छ ।

समीक्षाले २०७८ सल फागुन ११ गते पलविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । अदालतले पललाई जेल समेत पठाएको थियो । तर, उच्च अदालतमा समीक्षाले बयान फेरेपछि पलले सफाइ पाए । १ वर्ष जेल बसेर उनी निस्किएका थिए ।

जेलबाट निस्किएपश्चात पल दाङ आउँदा उनलाई हेर्न करिब १० हजार दंगाली दर्शकले एक हजार मूल्यको टिकट काटेका थिए । तर, समीक्षा आएको कन्सर्टमा एक सयको टिकट काट्न पनि दर्शक तयार नहुनुनुमा पलसँगको लफडा नै मुख्य कारण भएको बताइएको छ।

समीक्षाले प्रस्तुति दिन नपाएपछि सम्झौताबमोजिमको पारिश्रमिक लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट