सुदर्शन थापाको फिल्म ‘रावायण’को प्रदर्शन मिति घोषणा-Sutra News

सुदर्शन थापाको फिल्म ‘रावायण’को प्रदर्शन मिति घोषणा

आइतबार, ११ चैत्र २०८०

आइतबार, ११ चैत्र २०८०

काठमाडौं । सुदर्शन थापाले निर्देशन गर्ने फिल्म ‘रावायण’को प्रदर्शन मिति घोषणा भएको छ ।



आइतबार फागु पूर्णिमाको शुभकामनासहित निर्देशक थापा र अभिनेत्री पूजा शर्माले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्म ‘रावायण’को प्रदर्शन घोषणा गरिएको हो । यो फिल्म वि.सं २०८१ भाद्र २१ गते तिजको दिन रिलिज हुनेछ ।

चैत तेस्रो सातादेखि छायांकन सुरु हुने फिल्मका मुख्य कलाकारहरुमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल रहेका छन् ।

एक्सन-लभस्टोरी कथामा बन्न लागेको फिल्ममा पलको दोहोरो भूमिका हुनेछ । एउटा सकारात्मक र अर्को नकारात्मक चरित्र हुने स्रोतको दाबी छ । उनी पहिलोपटक डबल रोलमा देखिन लागेका हुन् । फिल्ममा पल र पूजाको जोडी बाँधिने भएको छ । यो उनीहरुको तेस्रो सहकार्य हुनेछ । यसअघि ‘म यस्तो गीत गाउँछु’को दुई श्रृंखलामा उनीहरुले एकसाथ काम गरेका थिए ।

शिवम अधिकारीको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन रहने छ ।

यस्तै, फिल्ममा विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन हुनेछ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट