‘अर्ध पागल’को फर्स्टलुक पोस्टर सार्वजनिक-Sutra News

‘अर्ध पागल’को फर्स्टलुक पोस्टर सार्वजनिक

शुक्रबार, ९ चैत्र २०८०

शुक्रबार, ९ चैत्र २०८०

काठमाडौँ। अभय राज बराल निर्देशित फिल्म ‘अर्ध पागल’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। दुई जना मिल्ने साथीहरू काठमाडौँ देखी लमजुङ्ग घले गाउँ सम्मको यात्रामा निस्कँदै गर्दा उनीहरूबिच आ -आफ्नो प्रेमिकालाई लिएर गरिएको मानसिक र शारीरिक द्वन्द्वलाई पोस्टरमा झल्काउने प्रयास गरिएको छ।



फिल्ममा अभय राज बराल र प्रकाश भुजेल मुख्य भूमिकामा रहेका छन्। फिल्ममा ममता लामिछाने, सोबिता अधिकारी, हानि कोइराला, संगीता राई, दीक्षा ढकाल लगायतका कलाकारको अभिनय रहेको छ।

यो फिल्मलाई पूर्ण व्यावसायिक रूपमा प्रदर्शन गर्ने भन्दा पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराउने उद्देश्य रहेको निर्देशक बरालले बताए।

समर्पण रेग्मीले छायांकन गरेको फिल्मका क्रियटिभ निर्देशक सौरभ ढकाल हुन्। फिल्ममा कृष्ण भण्डारीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट