आरकेडी होल्डिङ्गले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित-Sutra News

आरकेडी होल्डिङ्गले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित

बिहिबार, ८ चैत्र २०८०

बिहिबार, ८ चैत्र २०८०

काठमाडौं । रियल स्टेट, निर्माण क्षेत्र र पर्यटन क्षेत्रमा काम गर्दै पुँजी लगानी गरिरहेको आरकेडी होल्डिङ्गले विभिन्न प्रकारका महत्त्वपूर्ण प्रस्ताव पारित गरी आफ्नो सातौँ साधारण सभा सम्पन्न गरेको छ ।



यसअन्तर्गत कम्पनीले २०७८-७९ को आम्दानीबाट १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सभामार्फत कम्पनीले कर प्रयोजनका लागि तीन करोड बढी रकमसमेत छुट्टाएको छ ।

अधिकृत पुँजी पाँच अर्ब रुपैयाँ र जारी पुँजी तीन अर्ब ५१ करोड रुपैयाँ भएको कम्पनीले जनाएको छ । कम्पनीले कूल पुँजीको ४० प्रतिशत रकम बराबरको सार्वजनिक शेयर बुक बिल्डिङ प्रणालीमार्फत प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने गरी विशेष प्रस्तावसमेत पारित भएको छ ।

यसका लागि आवश्यक प्रक्रिया धितोपत्र बोर्डमा प्रस्तुत गर्ने गरी अगाडि बढाउने निर्णय गरेको कम्पनी सचिव रोमनमान श्रेष्ठले जानकारी दिए । होल्डिङ्गअन्तर्गत टुरिज़म इन्भेस्टमेन्ट फण्ड लिमिटेड, पञ्चासे केबलकार एण्ड टूर्स लिमिटेड, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड, बिजबजार लिमिटेड, लर्ड बुद्ध इन्टरनेशनल टूरिज़म गार्डेनलगायत कम्पनीमा लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट