‘मनसरा’ टिजर : छिमेकी लिम्बुनी, बाहुन बाजे अनि एक्लै भौंतारिरहेका दया-Sutra News

‘मनसरा’ टिजर : छिमेकी लिम्बुनी, बाहुन बाजे अनि एक्लै भौंतारिरहेका दया

बिहिबार, ८ चैत्र २०८०

बिहिबार, ८ चैत्र २०८०

काठमाडौं । ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको आगामी फिल्म ‘मनसरा’को टिजर रिलिज गरिएको छ।



आगामी बैशाख २१ गतेबाट प्रदर्शन हुने फिल्मको सार्वजनिक टिजरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानलाई देखाइएको छ।

सार्वजनिक फिल्मको २ मिनेट १५ सेकेण्ड लामो टिजरले फिल्मको कथावस्तुबारे महत्त्वपूर्ण खुलासा गरिएको छ । नेवार पत्नी (मेनुका प्रधान)सँग विवाह गरेका ‘बाजे'(प्रविण खतिवडा) र ‘लिम्बुनी'(मिरुना मगर) छिमेकीका रहेको टिजरले जानकारी दिन्छ भने मिरुना एक सन्तानकी आमा भएको जनाउ दिन्छ।

यस्तै, टिजरमा झोला बोकेर भौंतारिरहेका दयालाई एउटा महिला हराएको सूचना टाँसिएको पोस्टरमा टक्क अडिएको अवस्थालाई पनि पेस गरिएको छ। झट्ट हेर्दा उनी लामो समयदेखि कसैको खोजीमा रहेको देखिन्छ। साथै, टिजरले ‘बाजे’की नेवार्नी श्रीमतीलाई आफ्ना पति छिमेकी ‘लिम्बुनी’सँग नजिक भएको मननपरेको पनि देखाइएको छ। शहरको छेउमा बस्ने भूईंमान्छेको कथा सिनेमाले पेस गर्ने संकेत टिजरबाट मिल्दछ।

टिजरले साधारण कथालाई रोचक बुनाइबाट पेस गर्न लागेको देखाउँछ। टिजरमा कहिकतैं ‘मनसरा’को नाम उच्चारण गरिएको छैन् भने फिल्मले यी चार प्रमुख पात्रको अन्तरसम्बन्धको कथा पेस गर्ने टिजरबाट बुझ्न सकिन्छ। टिजर हेर्दा दर्शकलाई आकर्षित गर्ने खालको देखिन्छ।

फिल्ममा दया, मिरुना, प्रविण तथा मेनुकाका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् ।

फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ । त्यसैगरी, सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् ।

यस फिल्मको वितरण जिम्मा एप्पल इन्टरटेन्मेन्ट कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट