फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा: यता न उता’ सार्वजनिक-Sutra News

फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा: यता न उता’ सार्वजनिक

बिहिबार, ८ चैत्र २०८०

बिहिबार, ८ चैत्र २०८०

काठमाडौं । आगामी वैशाख १४ गते रिलिज हुने फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक भएको छ ।



अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्मको सार्वजनिक गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत र सुलक्षण भारतीको शब्द छ ।

गीतको भिडियोमा अभिनेत्री केकी र फिल्मका निर्देशक तथा अभिनेता सुलक्षण भारती फिचर्ड छन् । भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्थालाई देखाइएको छ । गीतको भाव अनुसार दृश्य अपुरो छ । निर्माण पक्षले यसलाई ‘सस्पेन्स’ मा राखेको छ ।

केही समयअघि नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको टिजरले राम्रै चर्चा पाएको थियो । आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर अभिनेत्री केकीले यो फिल्म निर्माण गरेकी हुन् । उनले सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म निर्माण भएको हो ।

फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको अभिनय छ ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजनामा केकी छिन् । सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् । फिल्मका कार्यकारी निर्माता राज घिमिरे हुन् ।

लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले फिल्मको वितरण अधिकार लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट