डिब्बाकाे दूध पाउडर बच्चाहरूको लागि धेरै खतरनाक !-Sutra News

डिब्बाकाे दूध पाउडर बच्चाहरूको लागि धेरै खतरनाक !

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

बच्चाको जन्म पछि, आमाहरूले अक्सर यस्ता गल्तीहरू गर्छन्, जसले बच्चाको सम्पूर्ण जीवनमा नकारात्मक असर पार्न सक्छ। हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मेडिकल जर्नलमा प्रकाशित एक रिपोर्टमार्फत विश्वका सबै अभिभावकलाई सचेत गराएको छ । डब्लुएचओले आफ्ना साना बालबालिकालाई बजारमा पाइने धुलो दुध नखुवाउन अभिभावकलाई आग्रह गरेको छ ।



दूधको धुलो पिउँदा बालबालिकामा धेरै रोग लाग्न सक्ने डब्लुएचओले बताएकाे छ । किनकी बन्द डब्बामा पाइने दुधको धुलोमा स्किम्ड मिल्क हुन्छ, जसले बच्चाको शरीरको विकासका लागि आवश्यक पर्ने पौष्टिकता प्रदान गर्दैन । यस बाहेक धेरै कम्पनीको दुधको धुलोमा वनस्पतिको तेल र चिनी मिसाएकाे पाइएकाे छ । जुन बच्चाका लागि खतरनाक हुने दाबी डब्लुएचओकाे छ ।

प्रकाशित जर्नलमा यो पनि भनिएको छ कि दूध पाउडरमा धेरै प्रकारका खनिजहरू अलग-अलग मिसाइन्छ, जुन नवजात शिशुलाई आवश्यक पर्दैन। दूध पाउडरमा थपिएका भिटामिन र खनिजहरू नवजात शिशुलाई पचाउन सजिलो हुँदैन।

यति मात्र होइन दूधको धुलो पिउँदा बालबालिकामा पखाला, खोकी, रुघाखोकी लगायतका धेरै रोग लाग्ने गर्दछ ।

६ महिना आमाको दुध मात्र

नवजात शिशुलाई कम्तिमा ६ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्ने चिकित्सकको सुझाव छ । सरकारले पनि विभिन्न कार्यक्रम गरी आमालाई स्तनपानबारे सचेत गराउँदै आएको छ । तर सत्य के हो भने धेरै कम्पनीले धुलो दूधको फाइदा गनेर महिलामा भ्रम फैलाइरहेका छन् र आफ्ना उत्पादन बेचेर वर्षेनी कराेडाैंकाे कारोबार गरिरहेका छन् ।

विज्ञापनमार्फत भ्रम

बच्चा जन्मनुअघि नै विभिन्न विज्ञापनबाट अभिभावकको दिमागमा मिल्क पाउडर मात्रै बच्चाको स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने भ्रममा पारिन्छ । आमाको दुधको महत्व थाहा होस् वा नहोस्, आमाहरूले धुलाे दुध गुणहरू अवश्य याद गर्छन्। यो कुरा युनिसेफको सर्वेक्षणले देखाएको हो ।

युनिसेफ रिपोर्ट

धुलाे दुधकाे सन्दर्भमा युनिसेफले ८५०० अभिभावक र ३०० स्वास्थ्यकर्मीसँग अन्तर्वार्ता लिएको छ । बंगलादेश, मेक्सिको, मोरक्को, नाइजेरिया, दक्षिण अफ्रिका, चीन, युनाइटेड किंगडम र भियतनाममा यसबारे सर्वेक्षण सञ्चालन गरिएको थियो। सर्वेक्षणकाे क्रममा, युनाइटेड किंगडमका महिलाहरूलाई पाउडर दूधको बारेमा सोधिएको थियो ।

जसमा ८४ प्रतिशत महिलाहरू दूध पाउडरकाे पक्षमा थिए । चीनमा ९७ प्रतिशत महिलाले बच्चालाई जन्मेपछि दूधको धुलो मात्र खुवाउने बताएका छन् भने भियतनाममा ९२ प्रतिशत महिलाले नवजात शिशुका लागि दूधको धुलो राम्रो हुने बताएका छन् । यसले दूधको धुलो उत्पादन गर्ने विभिन्न कम्पनीहरूको भ्रामक प्रचारले अभिभावकको मनमा दूधको धुलो बच्चाका लागि फाइदाजनक हुन्छ भन्ने कुरालाई प्रमाणित गर्छ ।

स्तनपानले मात्रै बच्चाको पेट भर्दैन, यसले बच्चालाई दूधको धुलो खुवाउनु पर्छ भन्ने झुटो कम्पनीहरुले पनि फैलाएको छ । जबकि सत्य यो हो कि स्तनपानलाई बच्चाको पहिलो खोप भनिन्छ। आमाको दूधमा पाइने तत्वले बच्चालाई धेरै रोगबाट बचाउँछ । यदि आमाले आफ्नो बच्चालाई नियमित रूपमा स्तनपान गराउँछिन् भने त्यसले आमालाई पनि भविष्यमा मधुमेह, मोटोपन र क्यान्सरको जोखिम कम गराउँछ । तर यी सबै फाइदाका बाबजुद पनि ६ महिनाको उमेरसम्म मात्र ४४ प्रतिशत बालबालिकाले स्तनपान पाउँछन्। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट