पेटसम्बन्धी समस्यामा जीरा अचुक औषधी, कसरी प्रयोग गर्ने ?-Sutra News

पेटसम्बन्धी समस्यामा जीरा अचुक औषधी, कसरी प्रयोग गर्ने ?

बुधबार, ७ चैत्र २०८०

बुधबार, ७ चैत्र २०८०

हाम्रो भान्सामा पाइने मसलामध्येको एक जीरा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । जीरा पनि एउटा यस्तो घरेलु मसला हो, जसले आश्चर्यजनक फाइदा दिन्छ।



औषधीय गुणले भरिपूर्ण जिरामा आइरन, कपर, क्याल्सियम, जिंक, पोटासियम जस्ता धेरै पोषक तत्वहरू पाइन्छ। जीरा विशेषगरी सुप, तरकारी, दाल, भात आदिमा प्रयोग गरिन्छ। जीराको पानी स्वास्थ्यसँग सम्बन्धित समस्याहरू हटाउन निकै प्रभावकारी मानिन्छ। त्यसोभए जानौं जीराका उत्कृष्ट फाइदाहरू।

जीरा खाँदा मोटोपना छिट्टै नियन्त्रण हुन्छ । यसका साथै पेटसम्बन्धी समस्या पनि निको हुन्छ । कब्जियत, ग्यास र अपचको समस्यामा जीरा अचुक औषधी हो । जीरामा एन्टिअक्सिडेन्ट हुन्छ । जसले दुखाई पनि कम गर्छ। यसले पाचन क्रियामा पनि सुधार गर्छ ।

जीराको पानीले पेट दुखाइमा पनि ठूलो राहत दिन्छ। हल्का दुखाइ भएमा तातो पानीमा जीराको धुलो मिसाएर पिउनुहोस् । यो पेट दुखाइमा फाइदाजनक हुन्छ।

धेरै तेल र मसला खाँदा अपचको समस्या हुने गरेको पाइन्छ । यस्ता व्यक्तिले जिराको पानी पिउनुपर्छ । धेरै लाभ मिल्नेछ।

जीरामा प्रशस्त मात्रामा फाइबर हुन्छ। यसले कब्जियतको समस्या निको हुन्छ । यस्ता बिरामीले जिराको धुलो खानुपर्छ । तत्काल राहत पाउनुहुनेछ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट