अमेरिकन पेस्तोलसहित दुई जना भारतीय डाँका पक्राउ-Sutra News

अमेरिकन पेस्तोलसहित दुई जना भारतीय डाँका पक्राउ

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौं । सर्लाहीमा अमेरिकन पेस्तोलसहित दुई जना भारतीय डाँकालाई पक्राउ गरेका छन् । साथमा उक्त पेस्तोलमा लाग्ने ६ राउण्ड गोली बरामद भएको छ ।



विषेश सूचनाका आधारमा सर्लाही बरहथवा नगरपालिका ६ मगर टोलबाट प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहारका २८ वर्षीय सन्नी कुमार सिंह र सोही स्थानका २४ वर्षीय जितेन्द्र कुमार राउत पक्राउ परेका हुन् ।

उनीहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीले केही राउण्ड गोली प्रहार गरेको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर जितेन्द्रको बाँया घुडा र दाहिने तिघ्रामा दुई राउण्ड गोली लागेको थियो । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट