रवि लामिछानेमाथि छानबिन गर्न कांग्रेसको माग-Sutra News

रवि लामिछानेमाथि छानबिन गर्न कांग्रेसको माग

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको जवाफमा विरोध जनाएको छ ।



सहकारी ठगी प्रकरणमा नाम मुछिएको व्यक्ति रवि लामिछाने गृहमन्त्री बनेको भन्दै प्रधानमन्त्रीको जवाफसहित कांग्रेसले गृहमन्त्रीको राजीनामा माग्दै आएको थियो ।

कांग्रेसको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि बैठक अगाडि बढ्ने क्रममा कांग्रेसका सांसदले विरोध गरेका थिए ।

यस क्रममा कांग्रेसले प्रधानमन्त्रीलाई केही दिनअघि पोखरामा सहकारी पीडितले भेटेर प्रमाण दिएको भन्दै गृहमन्त्रीमाथि कारबाही प्रधानमन्त्रीसँग माग गरे । प्रधानमन्त्रीले पनि सहकारी पीडितले आफूलाई भेटेको स्वीकारेका थिए ।

यस्तै, सहकारी ठगी प्रकरण छानबिन गर्न कांग्रेसले छानबिन समिति गठन गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट