शोभित बस्नेतलाई फण्डाविना फिल्म चलाउन गाह्रो !-Sutra News

शोभित बस्नेतलाई फण्डाविना फिल्म चलाउन गाह्रो !

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौं । नेपालमा यस्ता थुप्रै फिल्मकर्मी छन् । जो फिल्म चलाउनका लागि विभिन्न फण्डा निकाल्ने गर्छन् । कोही रुँदै फिल्म चलाउन माहिर छन् त, कोही अरूलाई तथानाम गाली गरेर फिल्म चलाउन खोज्छन् । अझ चर्चित व्यक्तिसँग नाम जोडेर फिल्म चलाउने त धेरै छन् ।



यस्तोमा, निर्देशक शोभित बस्नेत फण्डा निकाल्न झन् माहिर छन् । उनी आफ्नो फिल्म रिलिज गर्ने समयमा नयाँ-नयाँ फण्डाका साथ आउने गरेका छन् । यो पटक त शोभितले फण्डाको हद नै पार गरेको देखिन्छ ।

चैत्रको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बद्री बहादुर’को नयाँ पोष्टरमा उनले कपिल शर्मा र पूजा शर्माको तस्बिरलाई ‘मिस यूज’ गरेको देखिएको छ । शोभितले केही समयअगाडि भारत जाँदा ‘कमेडी नाइट्स विथ कपिल’ को सेटमा पुगेर कपिललाई भेटेका थिए । सो समयमा कपिलले नेपाली फिल्मप्रति आफू सधैँ सकारात्मक रहेको र प्रचारमा साथ दिने बताएको शोभितको भनाइ छ ।

तर, अहिले यही कुरालाई मुख्य हतियार बनाएर शोभितले यतिबेला फिल्मको प्रचार गरेको देख्छ सकिन्छ । कपिलले आफ्नो फिल्म ‘बद्री बहादुर’लाई प्रचार प्रसारमा साथ दिने बचन गरेको भन्दै शोभितले बताएका छन् । कपिलले प्रचारमा साथ दिन्छु भन्नु स्वाभाविक पनि हो । तर, शोभितले भने यति भनेकै भरमा कपिल शर्माको तस्बिरलाई फिल्मको पोस्टरमा राखेर शोभितले प्रचार गरिरहेका छन् । जुन सीधै कपिलको तस्बिरको दुरुपयोग भएको देखिन्छ ।

कपिलको मात्र हैन शोभितले नेपाली नायिका पूजा शर्माको तस्बिरको पनि दुरुपयोग गरेको देखिन्छ ।  यस फिल्मको एउटा गीत सार्वजनिक भइसकेको छ । जुन गीतमा नायिका पूजा शर्मा र सलोन बस्नेतले नृत्य गरेका छन् । फिल्मको एक गीतमा नाचेकै कारण नायिका पूजा शर्माको विशेष भूमिकामा भन्दै पोस्टरमा समेत राखेर शोभितले प्रचार गरिरहेका छन् । यसरी कपिल र पूजाको तस्बिरलाई मिस यूज गरेर उनले फिल्मको प्रचार गर्नु आफैमा गलत देखिन्छ ।

सञ्चारकर्मी तथा विकास बोर्डका सदस्यसमेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको यो फिल्ममा जयकिशन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, वर्षा चौलागाईं लगायतका कलाकारको अभिनय छ ।

विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे निर्माता रहेको फिल्ममा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा भीएफएक्स र सह-निर्माता समिर मिया, सम्पादन बन्दे प्रसाद रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट