फिल्म ‘एक्लो’मा प्रदीप र बेनिशाको जोडी-Sutra News

फिल्म ‘एक्लो’मा प्रदीप र बेनिशाको जोडी

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौँ । अभिनेता प्रदीप खड्का र अभिनेत्री बेनिशा हमाल फिल्म ‘एकलो’मा एकसाथ देखिने भएका छन् ।



फिल्म ‘अन्तिम संस्कार’ फेम्ड निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्न लागेको यस फिल्ममा प्रदीप र बेनिशाले फिल्मी पर्दामा पहिलो पटक जोडीका रूपमा सहकार्य गर्ने भएका हुन् ।

निर्माण पक्षले केही दिन अघि प्रदीप र बेनिशा फाइनल गरेको थियो ।

निर्माणपक्षले उनीहरूलाई फिल्ममा अनुबन्धित गरे पनि नाम भने लुकाएको थियो । माग १० गते चलचित्र बिकास बोर्डमा दर्ता भएको यस फिल्मको अभिनेत्रीमा दिया पुनको नाम समावेश गरिएको छ । यता, टिमले फिल्मको मुख्य अभिनेत्रीमा बेनिशाको नाम सार्वजनिक गरेको छ ।

साई प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा ह्रयाम्साएर एकाउन्टेनको सहकार्य रहनेछ । फिल्मका लागि अन्य कलाकार तथा प्राविधिक पनि फाइनल हुन बाँकी रहेको बताइएको छ ।

आगामी वर्षको वैशाखपछि छायांकन सुरु गर्ने योजना रहेको यो फिल्मका कार्यकारी निर्माता विनोद खत्री ‘क्षितिज’ हुन् ।

फरक कथा भन्न रुचाउने निर्देशक शाहीले फिचर फिल्म अघि ‘पासपोर्ट’, ‘वेटिङ, ‘सिम्बोल १’, ‘कन्फ्लिक्ट’ लगायतका सर्ट फिल्म निर्देशन गरेका थिए, जसले केही अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो । यस फिल्ममा ‘मिथिकल एलिमेन्ट्स’ रहने निर्देशक शाहीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट