निफमा ‘बुलाकी’को वर्चस्व, विपिन उत्कृष्ट अभिनेता घोषित-Sutra News

निफमा ‘बुलाकी’को वर्चस्व, विपिन उत्कृष्ट अभिनेता घोषित

मंगलबार, ६ चैत्र २०८०

मंगलबार, ६ चैत्र २०८०

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिबल (निफ)को सातौं संस्करण सम्पन्न भएको छ ।



सोमबार बेलुका काठमाडौंका सुन्धारा स्थित सिभिल मलमा गरिएको समापन समारोहमा राष्ट्रिय लघु फिल्म, फिल्म र बृत्तचित्रका विभिन्न उत्कृष्ट विधालाई घोषणा सहित अवार्ड प्रदान गर्दै सकिएको हो ।

राष्ट्रिय तर्फ उत्कृष्ट फिल्म बुलाकी भएको छ । यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । अवार्ड समारोहमा सर्वोत्कृष्ट निर्देशक (फिचर फिल्म)को अवार्ड ‘बुलकी’बाट लक्ष्मण सुनारले नै पाए । ‘बुलाकी’ निर्माण टिमलाई उत्कृष्ट फिल्मको ट्रफी, प्रमाणपत्र र एक लाख रुपैयाँ राशीले सम्मान गरिएको छ ।

यस्तै, फिचर तर्फ उत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्कीले फिल्म ‘एक भगवद् एक गीता’बाट हाँसिल गरे भने फिचर फिल्म तर्फ नै उत्कृष्ट अभिनेत्रीको अवार्ड बुलाकीबाट सुरक्षा पन्तले हाँसिल गरिन् ।

उत्कृष्ट बृत्तचित्रको अवार्ड बृत्तचित्र जर्नाबाट एके शेर्पाले हाँसिल गरेका छन् । यो बृत्तचित्र बाढीमा दाउरा तथा मुढा झिक्नेहरुको पीडामा केन्द्रित थियो ।

उत्कृष्ट सर्टफिल्मको अवार्ड किरण श्रेष्ठको एक अनोदर विन्टरले जित्यो । जसमा बिरामी सन्तानको उपचारमा आमाको सँघर्षको कथा प्रस्तुत गरिएको थियो ।

यस्तै, उत्कृष्ट छायांकन (फिचर फिल्म)को अवार्ड ‘एक भगवद् एक गीता’बाट राजेश श्रेष्ठ र संकल्प भुजेलले हाँसिल गरे । महोत्सबमा पटकथा (फिचर फिल्म)को अवार्ड ’देशन (द एपिडेमिक)’ का लागि कमल एकचाई मगरलाई प्रदान गरियो भने महोत्सबमा अन्तराष्ट्रिय विधा तर्फको अवार्ड पनि प्रदान गरियो ।

अन्तराष्ट्रिय तर्फ उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको लागि गौतम बुद्ध अवार्ड भारतको फिल्म ‘वाइल्ड स्वान्स’ले जित्यो । यो फिल्मलाई रजनी बसुमतारीद्धारा निर्देशन गरिएको थियो । यसमा दशकौंको सशस्त्र द्वन्द्वबाट मुक्ति पाएका महिलाहरूको जीवन भोगाई प्रस्तुत गरिएको थियो ।फिल्मका प्रतिनिधिलाई ट्रफी र १५ सय डलर हस्तान्तरण गरिएको थियो ।

यस्तै, अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्मको लागि माउन्ट एभरेस्ट अवार्ड यसपटक पोर्चुगलको बृत्तचित्र ‘लभ लाइट्स’ले हाँसिल गर्यो ।

यस्तै अन्तर्राष्ट्रिय लघु फिल्मको बागमती अवार्ड यो महोत्सबमा इजिप्टको लघु फिल्म ‘आई प्रमिस यु पाराडाईज’ले प्राप्त गर्यो । यसलाई मोराद मुस्तफाले निर्देशन गरेका थिए ।

यस्तै फिचर फिल्म तर्फ जूरी स्पेशल मेन्सन अवार्ड चिनको फिल्म ‘द ट्रेकर द उल्फ एन्ड द मँकी किङ’ले हाँसिल गर्यो । यस्तै इन्टरनेशनल फेडरेशन अफ फिल्म सोसाइटीजको सर्वश्रेष्ठ फिचर फिल्मको लागि डन क्विक्सोट अवार्ड सर्बियाको फिल्म लाजरसले हाँसिल गर्यो ।

यो महोत्सबमा राष्ट्रिय तथा अन्तराष्ट्रिय तर्फको फिचार फिल्म विधामा प्रमुख निर्णयकमा चिनका सिने प्रध्यापक शिए फेइ, र निर्णायकहरुमा नेपाली अभिनेता प्रदीप खड्का र करिन एन्जेल थिए । महोत्सबमा सर्ट फिल्म तथा डक्युमेन्ट्रीका लागि निर्णायकमा मिमी एमजी पार्क, दीया मास्के र सफा मोराड थिए ।

शुक्रबार १ चैतबाट सुरु भएको यो पाँच दिनको महोत्सब सम्पन्न कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, महोत्सवका निर्णायक, महोत्सव अध्यक्ष केपी पाठक लगायत अवार्ड प्रदान गरे । गत १ गते बिहीबार सुरु भएको निफ ५ दिनसम्म चलेको थियो । यो पटकको निफमा ४० देशका ८८ फिल्म प्रदर्शन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट