अन्तरिक्षमा महंगो डिनरको आयोजनाको तयारी, ६ जनालाई खाना खुवाउने अर्बौ‌ खर्च-Sutra News

अन्तरिक्षमा महंगो डिनरको आयोजनाको तयारी, ६ जनालाई खाना खुवाउने अर्बौ‌ खर्च

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०

काठमाडौं । अमेरिकाको स्पेस ट्राभल कम्पनी स्पेस वीआईपीले अन्तरिक्षमा डिनरको अनुभव दिने भएको छ । कम्पनीले छ घण्टाको हाई-टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेण्टबाट डच शेफ रासमुस मुंकलाई काममा लिएको छ ।



यो यात्राका लागि ६ जनालाई छनोट गरिने छ । जसलाई पृथ्वीको वायुमण्डलको ९९ प्रतिशतभन्दा माथिको डिनर दिइने छ । यसका लागि एउटा टिकटको मूल्य करिब ६ करोड ५६ लाख रुपैयाँ हुनेछ ।

यो ६ घण्टाको यात्रा अर्को वर्ष सुरु हुनेछ । यस यात्राका लागि स्पेस वीआईपी कम्पनीले स्पेस पर्स्पेक्टिभ कम्पनीको स्पेसशिप नेप्च्युन प्रयोग गर्ने छ । यसले फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट आफ्नो पहिलो उडान गर्ने छ ।

ब्लुमबर्ग रिपोर्टका अनुसार स्पेस बेलुन समुन्द्र सतहबाट एक लाख फिट उचाइमा पुगेपछि उपस्थित यात्रुले वाइफाइको सुविधा पाउने छन् । यसमार्फत उनीहरूले सामाजिक सञ्जालमा आफ्नो यात्रा प्रत्यक्ष प्रसारण गर्न सक्ने छन् ।

यसबाहेक उनीहरू आफ्ना साथीभाइ र परिवारसँग पनि जोडिन सक्ने छन् । यात्रुहरूले पृथ्वीको वक्रतामा सूर्योदय हेर्ने मौका पनि पाउने छन् ।

यसबाहेक स्पेस बेलुनमा यात्रुहरूलाई विशेष डिनर दिइने छ । यसका लागि शेफले एक विशेष मेनु तयार गर्दै छन् । यो स्पेसको थिममा आधारित हुनेछ ।

तर, मेनु भने टुंगो लागेको छैन । शेफ रासमस कोपेनहेगनको रेस्टुरेण्ट अल्केमिस्टमा काम गर्छन् । यसले उत्कृष्ट खाना र सुविधाका लागि पछिल्लो ४ वर्षमा दुई पटक मिशेलिन स्टार प्राप्त गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट