गृहमन्त्री लामिछानलाई अभिनेत्री केकी अधिकारीको खुलापत्र-Sutra News

गृहमन्त्री लामिछानलाई अभिनेत्री केकी अधिकारीको खुलापत्र

सोमबार, ५ चैत्र २०८०

सोमबार, ५ चैत्र २०८०

काठमाडौं । अभिनेत्री केकी अधिकारीले गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आएसँगै देशमा सुशासन आउने आशा लागेको बताएकी छन् ।



उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेलाई सामाजिक सञ्जालमार्फत खुला पत्र लेख्दै अभिनेत्री केकीले भनेकी छन्, ‘यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा हरेक नेपालीले आआफ्नो गृहमा सुरक्षित महशुस गर्न सक्ने छन् ।’

नारीप्रधान चलचित्र ‘बोक्सीको घर’को प्रदर्शन तयारीमा रहेकी अभिनेत्री अधिकारीले लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा हरेक महिलाले आफूलाई घरभित्र र बाहिर सुरक्षित पाउने आशा व्यक्त गरेकी छन् ।

समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्दै सामाजिक थ्रिलर जनरामा निर्माण भएको ‘बोक्सीको घर’मा मुख्य भूमिका रहेकी उनले लामिछाने गृहमन्त्री बनेपछि कोही अपराधी नछुट्ने दाबी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट