

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।
म्याद थपका लागि अनुमति लिन अदालत जानुअघि उनलाई सरकारी वकिलको कार्यालय पुर्याइएको हो ।
भेपमार्फत नौ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।