१५ वर्षदेखि क्यानडा बस्दै आएका भारतीय परिवारकै निधन-Sutra News

१५ वर्षदेखि क्यानडा बस्दै आएका भारतीय परिवारकै निधन

शनिबार, ३ चैत्र २०८०

शनिबार, ३ चैत्र २०८०

काठमाडौं । क्यानडाको ओन्टारियो प्रान्तमा रहेको एउटा घरमा आगलागी हुँदा एक भारतीय परिवारका तीन जनाको मृत्यु भएको छ ।



मार्च ७ मा ब्राम्पटन सहरमा रहेको एउटा घरमा आगलागी भएको प्रहरीले शनिबार जनाएको छ । आगो निभाएपछि यहाँ मानव अवशेष फेला परेको थियो । तर, कति जनाको जलेर मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन । १५ मार्चमा मानव अवशेषहरू भारतीय परिवारका तीन सदस्यहरूको रूपमा पहिचान गरिएको थियो ।

आगलागीमा परी राजीव वारिकु, श्रीमती शिल्पा कोठा र १६ वर्षीया छोरी महेक वारिकुको जलेर मृत्यु भएको प्रहरी अधिकृत टारिन योङले बताए ।

हत्या कोणबाट अनुसन्धान

प्रहरीले भने- ‘आगो निकै भयानक थियो, घर पूरै जलेर खरानी भएको छ, हामीले अनुसन्धान गर्न केही फेला पार्न सकेनौँ, हामीलाई लाग्छ यो दुर्घटना होइन, आगो लगाइएको हो, हाल हामीले कुनै प्रमाण फेला पारेका छैनौँ, तर हामी हत्या कोणबाट पनि अनुसन्धान गरिरहेका छौँ ।’

यसअघि पनि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका भारतीय मूलका एक परिवारका चार सदस्यको शव आफ्नै घरमा फेला परेको थियो । यस घरको मूल्य २८ करोड रहेको बताइएको छ ।

फेब्रुअरी १२ मा ४२ वर्षीय आनन्द सुजित हेनरी, उनकी ४० वर्षीया श्रीमती एलिस प्रियंका र जुम्ल्याहा छोराछोरी नोआ र नाथनको शव घरमा फेला परेको थियो । आनन्द र एलिसको शरीरमा गोलीका निशानहरू भेटिएका थिए । बालबालिकाको मृत्युको कारण भने खुल्न सकेको थिएन ।

प्रहरीले अहिले यो घटनालाई हत्या-आत्महत्या मुद्दाको रुपमा हेरिरहेको छ । दम्पतीले पहिले बच्चाको हत्या र त्यसपछि आत्महत्या गरेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट