आगलागीबाट ३० लाखको क्षति-Sutra News

आगलागीबाट ३० लाखको क्षति

शनिबार, ३ चैत्र २०८०

शनिबार, ३ चैत्र २०८०

सप्तरी । जिल्लाको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा शनिबार भएको आगलागीबाट क्षति भएको छ ।



आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चार वटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडासहित ३० लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले जानकारी दिए । आगलागीको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन ।

स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुण यन्त्रको सहयोगमा आगो निभाइएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट