फिल्मको चर्चा चलाउन ‘पूजार सार्की’ टिमले गरेको तमासा !

काठमाडाैं । फिल्म बनाउनभन्दा चलाउन कठिन हुन्छ। यही कारणले होला फिल्मकर्मी फिल्म छायांकन हुँदादेखि रिलिजको समयसम्म आइपुग्दा हरेक फन्डा अपनाउँछन् अथवा अपनाइरहेका हुन्छन् । यस्ता फन्डाले कति फिल्मलाई फाइदाभन्दा पनि घाटा पुर्‍याइरहेका हुन्छन् । यसको पछिल्लो उदाहरण बनेको छ ‘पूजार सार्की’ टिम ।
सुरुवातमा यो फिल्मको निर्माण टिमले नेपाली कलाकार एकापसमा मिलेर काम गर्न चाहँदैनन् भन्ने हल्लालाई तोड्दै स्टार नायकहरूलाई एकैसाथ पर्दामा देखाउने आशासहित अभिनेता प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह अनुबन्धित गराएर बजारमा तरंग सिर्जना गरायो ।
दिनेश राउतको निर्देशनमा तयार भइरहेको ‘पूजार सार्की’को सेटबाट हालै कसैले भिडियो खिचेर युट्युबमा …