खाली पेटमा मेथीको पानी पिउँदा हुन्छन् यस्ता अनाैठा फाइदा-Sutra News

खाली पेटमा मेथीको पानी पिउँदा हुन्छन् यस्ता अनाैठा फाइदा

शुक्रबार, २ चैत्र २०८०

शुक्रबार, २ चैत्र २०८०

आयुर्वेदका अनुसार हरेक बिहान खाली पेटमा मेथीको दानाको पानी पिउनाले पेटसम्बन्धी धेरै समस्याहरू सदाका लागि हट्छ । मेथीको दानाको पानीले मधुमेह, पाचन र पेटसँग सम्बन्धित धेरै रोगहरूलाई नियन्त्रण गर्छ।



भिजेको मेथीको दाना स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यदि तपाईंले तिनीहरूलाई अंकुराएर खानुभयाे भने त्यसले अझ बढी लाभ दिन्छ ।

एसिडिटीमा राहत

भिजाएको मेथीको दाना खाली पेटमा सेवन गर्न सकिन्छ । जसले एसिडिटीबाट राहत दिन्छ।

मधुमेह

मेथीको दानाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । मेथीको पानी पिउनु मधुमेहका बिरामीका लागि निकै फाइदाजनक हुन्छ ।

मेजेको मेथीको दाना भन्दा ३०-४०% बढी पोषक तत्व हुने भएकाले अंकुरेको मेथी अझ राम्रो हुन्छ। मेथी तातो प्रकृतिको हुने भएकाले रुघाखोकीबाट पीडित व्यक्तिका लागि यो राम्रो मानिन्छ । यसलाई आहारमा समावेश गर्दा शरीर सधैं न्यानो रहन्छ।

पाचन

भिजेको मेथीको सेवनले पाचन शक्ति बढाउन र ग्यास्ट्राइटिसबाट बच्न पनि राम्रो हुन्छ।

कोलेस्ट्रोल

उच्च कोलेस्ट्रोलसँग संघर्ष गर्ने व्यक्तिहरूका लागि भिजेको वा अंकुरित मेथीको दानाले यसको स्तर घटाउन मद्दत गर्दछ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट