सुन जाँचबुझ आयोगका सिफारिस तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन-Sutra News

सुन जाँचबुझ आयोगका सिफारिस तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

शुक्रबार, २ चैत्र २०८०

शुक्रबार, २ चैत्र २०८०

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् ।



उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएकाे उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । उनले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गरेकाे छ ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनसँग उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थाल्नुभएको उनको सचिवालयले जनाएको छ । आयोगले बिहीबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट