उदयपुरमा भएको जिप दुर्घटनाका मृतक र घाइतेको सनाखत (नामावालीसहित)-Sutra News

उदयपुरमा भएको जिप दुर्घटनाका मृतक र घाइतेको सनाखत (नामावालीसहित)

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०
hLk b'3{6gf 6S;f/, ! r}t M w/fgaf6 cfh ef]hk'/sf] 3f]/]6f/ cfpFb} ubf{ sf]!h @%(# gDa/sf] pbok'/sf] d}gfd}gLdf b'36{gf ePsf] hLk . pQm hLk b'3{6gf x'Fbf Ps aRrf;lxt ;ft hgfsf] d[To' ePsf] k|x/Ln] hgfPsf] 5 . tl:a/ ;f}hGoM g]kfn k|x/L÷/f;;

काठमाडौं । भोजपुरको चुवार पुल नजिकै भएको जपि दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । धरानबाट छुटेको को १ ज २५९३ नम्बरको जपि उदयपुरको बेलका ७ बाखाकुवामा दुर्घटना भएको हो ।



घटनामा ६ महिने शिशुसहित सात जनाको घटना स्थलमै मृत्यु भएको थियो । एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा नौ जना घाइते भएका छन् । मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् । प्रहरीले मृतक र घाइतेको विवरण उपलब्ध गराएको छ ।

मृतकहरू

मान बहादुर बस्नेत– हतुवागढी गाउँपालिका २ (चालक), चन्द्रप्रकाश राई– हतुवागढी २, रामकुमारी राई (ममता)– हतुवागढी ५, पदमबहादुर थापा– बराहक्षेत्र ३, दिशान राई– हतुवागढी २ (६ महिनाको), कमला अधिकारी इटहरी, पर्वतमाया राई– हतुवागढी २ र किसन राई– हतुवागढी ५

घाइतेहरू

विशेष पराजुली कानेपोखरी, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सविना परियार, गायत्री थापा कटुवाल, सुशील परियार, कुलबुङ्ग राई र निकिता कटुवाल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट