फिल्म ‘रङ्गेली’को ‘फूल ओइलिएर’ गीत सार्वजनिक-Sutra News

फिल्म ‘रङ्गेली’को ‘फूल ओइलिएर’ गीत सार्वजनिक

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडौं । गत शुक्रवारदेखि प्रदर्शन भइरहेको नेपाली फिल्म ‘रङ्गेली’को ‘फूल ओइलिएर’ बोलको गीत सार्वजनिक भएको छ ।



फिल्मका निर्देशक अर्जुन सुवेदीले लेखेको गीतमा सुशान्त गौतमको स्वर तथा सङ्गीत रहेको छ ।

शुक्रवार देखि प्रदर्शन भइरहेको बिहीबारसम्म आइपुग्दा फिल्म ‘रङ्गेली’ले उल्लेखनीय रूपमा दर्शकको साथ पाइरहेको छ ।  ‘वर्ड अफ माउथ’का कारण बुधवार दिउसोका शो हरू सन्तोसजनक र साँझका शो हरू हाउसफुल रहेको र दर्शकको सङ्ख्या बढिरहेको निर्माण पक्षले बताएको छ ।

केही समयअघि प्रदर्शनरत यस फिल्मको २१ मिनेट घटाइएको थियो। दर्शकबाट फिल्म केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो । फिल्मको लम्बाई कम भएपछि दर्शकले झनै ‘इञ्जोए’ गरेको निर्देशक सुवेदीले बताए ।

अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो फिल्ममा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन् । फिल्मको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ ।

नेपाल रिलिजपछि यो फिल्म अमेरिका, क्यानडा, जापान, कोरिया, मलेशिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा रिलिज हुने पक्का भइसकेको छ । त्यस्तै, अस्ट्रेलिया, यूरोप, हङकङ, भारत लगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग रिलिजको लागि अन्तिम चरणमा पुगेको बताइएको छ ।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस फिल्मका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट