कुवेतमा कारले ठक्कर दिँदा तीन नेपालीको मृत्यु-Sutra News

कुवेतमा कारले ठक्कर दिँदा तीन नेपालीको मृत्यु

बिहिबार, १ चैत्र २०८०

बिहिबार, १ चैत्र २०८०

काठमाडौं । कुवेतमा कारले ठक्कर दिँदा तीन जना नेपालीको निधन भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहानै दुर्घटना हुँदा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीको निधन भएको हो ।



मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, अछामको पञ्चदेवल विनायक ५ का सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर छन् ।

नेपाली राजदूतावास कुवेतका अनुसार उनीहरूलाई कारको ठक्कर दिएको थियो । मृतकका परिवार र कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

उनीहरूको घटना स्थलमै मृत्यु भएको थियो । उनीहरुको शव पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको छ । कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट