मेयर हर्क साम्पाङले भने, ‘अबको बजेट फिल्म क्षेत्रलाई पनि हुन्छ’-Sutra News

मेयर हर्क साम्पाङले भने, ‘अबको बजेट फिल्म क्षेत्रलाई पनि हुन्छ’

बुधबार, ३० फाल्गुन २०८०

बुधबार, ३० फाल्गुन २०८०

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई उर्फ हर्क साम्पाङले आगामी बजेटमा नेपाली फिल्म क्षेत्रलाई सम्बोधन गर्ने गरी बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



मंगलबार चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाले आज धरानमा आयोजना गरेको ‘महाजात्रासँग स्थानीय सरकारः सिनेमा संवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा मेयर साम्पाङले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

चैत्र ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को टिम फिल्म प्रचारका लागि देश दौडाहामा छ । सोही प्रचार प्रसारलाई निरन्तरता दिँदै फिल्मका मुख्य कलाकारहरु हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानिया र रविन्द्र झा लगायत धरान पुगेका थिए।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर साम्पाङले नेपाली फिल्मको बारेमा आफूले गम्भीर रुपमा सोचेको भन्दै कतिपय कुरामा बजेटको समस्या भएको बताए । तर, आफूले सक्ने काम गर्ने बाचा उनले गरे । साथै, उनले फिल्म छायांकनका लागि सहज हुने गरि आफूले चाँडै नै सुटिङका स्थलहरू समावेश गरेर सानो डायरी सार्वजनिक गर्ने समेत बताएका छन् ।

कार्यक्रममा बोल्दै साम्पाङले, आफू नेपाली कला, संकृतीको विकासमा जहिले पनि गम्भीर रहेको बताएका थिए । साथै, मेयर साम्पाङले नेपाली फिल्मको बारेमा आफूले गम्भीर रूपमा सोचेको भन्दै कतिपय कुरामा बजेटको समस्या भएकाले अव आफूले आगामी बजेटमा फिल्मलाई समेट्ने प्रतिबद्धता गरेका हुन् ।

यस्तै, कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले मेयर साम्पाङको काम गर्ने शैलीको आफू फ्यान भएको बताए । आचार्यले, धरानमा फिल्म ‘बलिदान’को छायांकन गरेको स्मरण गर्दै फिल्मका लागि धरान प्रमुख गन्तव्य भएको बताए ।

यता, फिल्म ‘महाजात्रा’का कार्यकारी निर्माता रविन्द्र सिंह बानियाले स्थानीय सरकारसँग आफूहरूले ठूलो सहयोगको भन्दा पनि हातेमालोको अपेक्षा गरेको बताए । उनले, फिल्म छायांकनका क्रममा आउँदा लोकेशनदेखि थुप्रै कुराहरूमा अन्योल हुने भन्दै त्यसमा सहजीकरण गरिदिन मेयर साम्पाङसँग अनुरोध गरे ।

विपिनले भने, ‘कहिलेकाही छायांकन गर्दा गर्दै लफडा पर्छ । विभिन्न राजनीतिक दललाई चित्त बुझाउनुपर्छ । यसमा सहजता भयो भने काम गर्न सजिलो हुने थियो ।’

नायिका वर्षा राउतले पनि लोकेशनदेखि काम गर्ने सहजताका स्थानीय सरकारले काम गर्न सक्ने बताइन् । उनले महिला कलाकारहरूलाई छायाङ्कनका समयमा थुप्रै समस्या भोग्नुपर्ने भन्दै त्यसका लागि स्थानीय सरकारले समन्वय गर्न सक्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट