यस्तो छ ‘द रेड सुट्केस’मा सृष्टि, सौगात र विपिनको क्यारेक्टर लुक्स-Sutra News

यस्तो छ ‘द रेड सुट्केस’मा सृष्टि, सौगात र विपिनको क्यारेक्टर लुक्स

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं । भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको नेपाली फिल्म ‘द रेड सुटकेस’को अफिसियल पोस्टर सार्वजनिकसँगै प्रदर्शन मिति तय भएको छ ।



फिल्मको निर्माण टिमले आइतबार वितरकको रुपमा रोहीत-रत्नको आरआर फिल्मस्सँग सम्झौता गर्दै पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

आगामी चैत ३० गते प्रदर्शन हुने फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष कलाकारको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ । पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठ ग्रामीण महिलाको भूमिकामा देखिएकी छन् भने अभिनेताद्वोय सौगात मल्ल र विपिन कार्की आफ्नो चरित्र चित्रणमा प्रस्तुत छन् । उनीहरुसँगै फिल्ममा अभिनेता प्रवीण खतिवडाको पनि मुख्य भुमिका रहेको छ ।

यो फिल्मले पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा पेश गर्छ । ड्राइभरको यात्रासँगै हामी देशको आर्थिक, राजनीतिसँग परिचित हुन पुग्छौं, जुन हामी कसैका लागि पनि सुखद अनुभवदायक छैन । फिल्ममा सौगात मल्लले ड्राइभरको भूमिका निर्वाह गरेका छन् ।

फिल्म ‘द रेड सुटकेस’ले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । यसअघि यो फिल्म स्वीट्जरल्याण्डको जुरिच फिल्म महोत्सवमा समेत प्रिमियर गरिएको थियो ।

फिडेल देवकोटा निर्देशित फिल्मलाई आइसफल प्रोडक्सनले निर्माण गरेको हो । फिल्ममा निर्देशक फिडेलकै लेखन रहेको छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका हुन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा, रामकृष्ण पोखरेल र निर्देशक देवकोटा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह-निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट