विशेष शोमा ‘सुगुप’ हेरेपछि दर्शकले दिए सकारात्मक प्रतिक्रिया-Sutra News

विशेष शोमा ‘सुगुप’ हेरेपछि दर्शकले दिए सकारात्मक प्रतिक्रिया

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं । फिल्म ‘सुगुप’को विशेष प्रदर्शनी शो सम्पन्न भएको छ । इटहरीको ईलाईट सिनेमा हलमा गरिएको विशेष शोमा पूर्व भूमिसुधार मन्त्री राम कुमार सुब्बा, कोशी प्रदेश सांसद मिना श्रेष्ठ, हालका कोशी प्रदेश सांसद सर्वध्वज साँवाको समेत विशेष उपस्थिति रहेको थियो ।



विशेष शोमा फिल्म हेर्न धरान, ताप्लेजुङ, झापा, इटहरी लगायतका विभिन्न ठाउँबाट दर्शकहरूको उपस्थिति भएका थिए ।

फिल्म ‘सुगुप’को लण्डन, काठमाडौँको बिग मुभिज तथा नेपालीको विभिन्न ठाउँहरूमा सफल प्रदर्शन भइसकेको छ भने अब अन्य ठाउँहरूमा प्रदर्शन गराउने तयारी निर्माण पक्षले गरिरहेको छ ।

‘सुगुप’ लिम्बू भाषिक फिल्म हो । यो फिल्म हेरिसकेपछि अधिकांश दर्शकले ‘सुगुप’ लिम्बु कला, संस्कृति र संस्कारको विषयमा कोसेढुंगा सावित हुने प्रतिक्रिया दिएका छन् ।  लिम्बू भाषामा निर्माण भएको फिल्म भएता पनि बुझ्न भने गाह्रो छैन सजिलोको लागि यस फिल्ममा नेपाली र अङ्ग्रेजी भाषामा सबटाइटल समेत दिइएको छ ।

लिम्बू जातिमा प्रसव पिडा अथवा सुत्केरी ब्याथाको कारण ज्युँदो या मृत बच्चा जन्माउँदै गर्दा अथवा सुत्केरी कै कारण रगत बगेर मृत्यु हुने महिलालाई सुगुप भएको भन्ने चलन प्रस्तुत कर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बुले जानकारी दिए ।

`सुगुप´मा लिम्बू संस्कृति तथा रीति रिवाजलाई निर्देशकले रचनात्मक ढंगले प्रस्तुत गरेका छन् । कुलतले मानिसलाई गरिब बनाउने र इज्जत र परिवारको लागि मानिसले केके सम्म गर्छ भन्ने ‘सुगुप’मा देखाएको छ । वर्गीय भेदभाव र शिक्षाको अभावले बिग्रने सोच र रिषरागले गरिएको व्यवहारले निम्त्याउने समस्यालाई यस फिल्ममा उठान गरिएको भने चेतनाको अभावले गर्दा ग्रामीण भेगका महिलाहरूले भोग्ने समस्याहरूलाई सरल शैलीमा प्रस्तुत गरिएको छ ।

यस फिल्ममा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, (फेलेन्देको बाउ), बविता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो,योमन सोदेम्बा,सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लीला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतका कालाकारहरूको अभिनय रहेको छ ।

प्रस्तुतकर्ता तथा मुख्य निर्माता रबिन कुमार नाल्बो लिम्बु, निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो, नृत्य निर्देशक कमल राई, द्वन्द्व निर्देशन किशोर सम्बाहाङ्फेको रहेको छ । भारतको आसाम, नेपालको ताप्लेजुङ नाल्बू र साँबा याङ्वरक पाँचथर, तेह्रथुम, काठमाडौँ, मकवानपुरको कुलेखानीको पर्यटकीय स्थलहरूमा छायाङ्कन गरिएको फिल्मको निर्देशन लोकेन साँबा लिम्बु हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट