राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित-Sutra News

राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौंं । राष्ट्रिय सभा सदस्य नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्वाव बहुमतले स्वीकृत भएको छ । मंगलबार भएको मतदानमा बहुमत सदस्यले उक्त प्रस्तावको पक्षमा मत दिएका हुन् ।



दाहालको पक्षमा ३९ मत परेको छ भने विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सदस्यको उपस्थिति रहेको थियो ।

राष्ट्रियसभा अध्यक्षमा दाहाल र कांग्रेसका युवराज शर्माबीच प्रतिस्पर्धा भएको थियो । दाहाललाई माओवादी केन्द्रसहित नेकपा (एमाले), एकीकृत समाजवादी र जसपाले सघाएको थियो भने शर्माको पक्षमा कांग्रेस र लोसपा थिए ।

नयाँ सत्ता गठबन्धनभित्र दलहरुबीच माओवादी केन्द्रका दाहाललाई गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको थियो ।

राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित दाहाल पुराना वामपन्थी नेता हुन् । उनी हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाई पर्दछन् । प्रचण्ड र नारायणका हजुरबा दाजुभाइ हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट