बालुवाटारमा शीर्ष भेटवार्ता, एकीकृत समाजवादीलाई मनाउने प्रयास-Sutra News

बालुवाटारमा शीर्ष भेटवार्ता, एकीकृत समाजवादीलाई मनाउने प्रयास

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०
फाइल तस्बिर

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले लिखित सहमतिबिना गठबन्धनको पक्षमा नउभिने निर्णय गरेको सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार प्रमुख तीन दल, माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबिच भेटवार्ता भएको छ ।



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी छन् ।

सोमबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले आफ्ना मागमा लिखित सहमति नजनाए प्रधानमन्त्रीलाई विश्वासको मत र राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी उम्मेदवारलाई मत नदिने चेतावनी दिएको थियो । एकीकृत समाजवादीले सहमतिका लागि समय नै तोकेको थियो ।

एकीकृत समाजवादीको उक्त चेतावनीपछि बालुवाटारमा शीर्ष नेता भेला भएका हुन् ।

तत्कालिन कांग्रेस–माओवादी गठबन्धनभित्र एकीकृत समाजवादीले पनि सरकारको नेतृत्व लिने सन्दर्भमा सहमति भएको थियो । तर, गठबन्धन फेरिएसँगै उक्त सहमति अमान्य मात्रै भएको छैन, एकीकृत समाजवादीका थुप्रै अडानहरु स्वतः तुहिएका छन् ।

नयाँ गठबन्धनभित्र पनि एकीकृत समाजवादीले तत्कालिन गठबन्धनकै हैसियत खोजेको छ । जसमा उसले लिखित सहमति नभई अगाडि जान नसकिने अडान लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट