जोन सिना स्टेजमा न्यूड पुगेपछि सामाजिक सञ्जालमा मीम्सको आँधी-Sutra News

जोन सिना स्टेजमा न्यूड पुगेपछि सामाजिक सञ्जालमा मीम्सको आँधी

सोमबार, २८ फाल्गुन २०८०

सोमबार, २८ फाल्गुन २०८०

काठमाडौं । हलिउडका चर्चित कलाकार तथा रेस्लर जोन सिना नाङ्गिएर ओस्कार अवार्डको मञ्चमा पुगेपछि हङ्गामा भएको छ । उनलाई ओस्कार मञ्चमा लगभग (न्यूड) नग्न नै भएर पुगेको देखेर ठूला स्टारहरूसँगै सामाजिक सञ्जाल प्रयोगकर्ता छक्क परेका छन्।



उनी उत्कृष्ट कस्ट्यूम डिजाइनको अवार्ड प्रस्तुत गर्न मञ्चमा पुगेका थिए । जोन सिना नाङ्गिएर स्टेजमा पुगेपछि उपस्थित अतिथिहरूमा हाँसो छुटेको थियो । मानिसहरूले उनको ड्रेसलाई लिएर यति बेला सोशल मीडिया प्लेटफर्ममा मीम्सहरू बनाई नै रहेका छन् ।

यी तिनै जोन सिना हुन्, जसको स्लोगन नै नेभर गिभअप रहेको छ । उनलाई हेरेर धेरैले कहिले हार मान्नुहुन्न भन्ने सन्देश लिँदै आएका छन् । उनी धेरैका आइडल पनि हुन् । तर, उनै व्यक्तिको एक ड्रेसका कारण विश्वभर ट्रोल बनिरहेका छन्।

उनले मञ्चमा जाँदा कुनै पनि वस्त्र लगाएका थिएनन् । तर, गोप्य अङ्गलाई भने जोन सिनाले सेतो रङको एक प्लेकार्डले छोपेका थिए । उनको जति ट्रोल बने पनि त्यो नै उनको डिजाइन रहेको थियो ।

उसो त, ओस्कार अवार्डमा जाँदा हरेक सेलिब्रिटीले आफूलाई सुन्दर र अरू भन्दा अलग बनाउन हरसम्भव कोसिस गर्दछन् । महिनौँ अघिदेखि लाखौँ पैसा खर्च गराएर आफ्नो कपडा तयार गर्न लगाउँछन् । सबैको ध्यान आफूमा केन्द्रित गर्न उनीहरू सधैँ फरक अवतारमा आउन चाहन्छन् । यस्तैमा, जोन सिनाले अरूको सोच भन्दा बाहिरको लुक्समा पुगेका हुन् ।

जोन सिनाको यो लुक्सले सबैको ध्यान केन्द्रित गर्न मात्र सफल भएसँगै सबै क्यामरा पनि उनलाई नै कैद गर्न तर्फ लागे । जोन सिनालाई देखेर सबै छक्क त परे नै साथै त्यो, क्षण स्मृति र मनोरञ्जनले भरिएको थियो । यद्यपि, उनलाई देखेर धेरैले मजाक उडाए । तर, उनी भने प्लेकार्ड लिएर हिँड्न छाडेनन् । यस अवधिमा, होस्टले उनलाई पोशाक दिए।

त्यसपछि, उनले उत्कृष्ट पोशाक डिजाइनका लागि मनोनीतहरूको नाम घोषणा गरे। साथै, उनले विजेताको नाम घोषणा गरे । यस पटक उत्कृष्ट पोशाक डिजाइनको ओस्कार अवार्ड ‘पुअर थिङ्स’ले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट