राष्ट्रियसभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी-Sutra News

राष्ट्रियसभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी

सोमबार, २८ फाल्गुन २०८०

सोमबार, २८ फाल्गुन २०८०

काठमाडौं । राष्ट्रियसभा अध्यक्षका लागि नेपाली कांग्रेसबाट युवराज शर्मा र माओवादी केन्द्रबाट नारायण दाहालको उम्मेदवारी परेको छ । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।



दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की र समर्थकमा एमालेका देवेन्द्र दाहाल तथा एकीकृत समाजवादीका बेदुराम भुसाल रहेका छन् भने नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गरेका शर्माको प्रस्तावकमा कांग्रेसकै आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा लोसपाका किरणबाबु श्रेष्ठ रहेका छन् ।

अध्यक्षको उम्मेदवार बनेका दाहाललाई सत्ता साझेदार दलहरु नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको साथ छ भने शर्मालाई कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को साथ छ । सत्ता गठबन्धनको साथ पाएका दाहालको पक्षमा बहुमत देखिन्छ ।

मंगलबार बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्षको लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट