ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व, सात विधामा जित्यो अवार्ड-Sutra News

ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व, सात विधामा जित्यो अवार्ड

सोमबार, २८ फाल्गुन २०८०

सोमबार, २८ फाल्गुन २०८०

काठमाडौं । ९६औं ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ ।



अमेरिकाको लस एन्जलिसस्थित डल्बी थिएटरमा यस वर्षको ९६ औँ ओस्कार अवार्डको घोषणा गरिएको थियो । जसमा, आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जितेको छ ।

‘ओपेनहाइमर’ले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो । यो फिल्मबाट किलियन मर्फी उत्कृष्ट अभिनेता चुनिए। रोबर्ट डाउनी जुनियरले यस फिल्मका लागि उत्कृष्ट सहायक अभिनेताको लागि ओस्कार प्राप्त गरेका छन्। यो उनको करियरको पहिलो ओस्कार हो ।

१३ विधामा मनोनयन भएको ‘ओपेनहाइमर’ले उत्कृष्ट फिल्म सम्पादन, उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायांकन विधामा पनि अवार्ड जितेको छ।

योसँगै फिल्म पुअर थिङ्सले चार विधामा ओस्कार जितेको छ । पुअर थिङ्सका लागि एम्मा स्टोन उत्कृष्ट अभिनेत्री बनिन् । बार्बीको गीत ‘व्हाट वाज आई मेड फर? ’ का लागि बिली इलिश र फिनीस ओ’कोनेलले उत्कृष्ट मौलिक गीतको लागि ओस्कार पाएका छन्।

डा भिन जोय रानडोल्फले द होल्डोभर्सका लागि सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड जितिन्। ‘वार इज ओभर’ उत्कृष्ट एनिमेटेड सर्ट फिल्म बनेको छ । अमेरिकन फिक्शनले बेस्ट एडाप्टेड स्क्रिनप्लेको लागि ओस्कार अवार्ड पाएको छ।

यस्तो छ सर्वश्रेष्ठ सूची :

फिल्म- ओपेनहाइमर
निर्देशक- क्रिस्टोफर नोलन (ओपेनहाइमर)
अभिनेता- किलियन मर्फी (ओपेनहाइमर)
अभिनेत्री- एम्मा स्टोन (पुअर थिंग्स)
सहायक अभिनेता- रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)

सहायक अभिनेत्री- द–भाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
एडप्टेड स्क्रिनप्ले- अमेरिकन फिक्सन
ओर्जिनल स्क्रिनप्ले- एनाटोमी अफ अ फल
छायांकन- ओपेनहाइमर
ओर्जिनल सङ- बिली एलिस (बार्बी)

कस्ट्युम डिजाइन- पुअर थिंग्स
ध्वनी- द जोन अफ इन्ट्रेस्ट
ओर्जिनल स्कोर- ओपेनहाइमर
डकुमेन्ट्री फिचर- ट्वेन्टी डेज इन मौरिपल
अन्तर्राष्ट्रिय फिचर- द जोन अफ इन्ट्रेस्ट

मेकअप एण्ड हेयरस्टाइलिङ- पुअर थिंग्स
प्रोडक्सन डिजाइन- पुअर थिंग्स
सम्पादन- ओपेनहाइमर
भिजुअल इफेक्ट- गोडजिला माइनस वन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट