कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत-Sutra News

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत

आइतबार, २७ फाल्गुन २०८०

आइतबार, २७ फाल्गुन २०८०

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत भएका छन् ।



पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेकाे नेपाली कांग्रेसले जनाएको छ ।

२०७८ असोजमा भएको कांग्रेस संखुवासभाको अधिवेशनबाट खड्का जिल्ला सभापति निर्वाचित भएका थिए।

तर, खड्काले २०८० असोज १० गते जिल्ला सभापति पदबाट राजीनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट