पद, प्रतिष्ठाभन्दा प्रमाणका आधारमा कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन-Sutra News

पद, प्रतिष्ठाभन्दा प्रमाणका आधारमा कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

आइतबार, २७ फाल्गुन २०८०

आइतबार, २७ फाल्गुन २०८०

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।



उनले अनुहार, पद, प्रतिष्ठा हेरेर नभइ प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही अघि बढाउन प्रहरीलाई आग्रह गरेका हुन् । नेपाल प्रहरी प्रधान कार्यालयको आइतबार निरीक्षण भ्रमणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले कुनै घटनाका प्रतिवादी आदेशका आधारमा नभइ प्रमाणका आधारमा बनाउन निर्देशन दिए ।

“कुनै पनि घटना तथा अपराधको छानबिन र अनुसन्धान हुँदै गर्दाको प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस्, अनुसन्धान प्रमाणमुखी हुनु पर्दछ र कानूनको नजरमा सबै बराबर हुनु पर्दछ,” उनले भने ।

निरीक्षण भ्रमणमा गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालयको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए ।

मिटरब्याज पीडित, सहकारी पीडितको समस्या ठूलो चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उनले आर्थिक अपराध, ठगी, साइबर अपराध, लागु औषध कारोबारलगायतका आपराधिक गतिविधि नियन्त्रणमा जुट्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट